मधेसका २ मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ ।
सोही तयारी अनुसार एकीकृत समाजवादीले यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।
‘आज हाम्रो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने र नयाँ सरकार गठन गर्ने तयारी छ’, ति पदाधिकारीले भने, ‘नयाँ सरकार जनमतको नेतृत्वमा बन्छ ।’
यद्यपि सरकारबाट फिर्ता हुनेबारे पार्टी नेतृत्वबाट आइतबार बिहानसम्म कुनै सूचना आइनसकेको मन्त्री न्यौपानेले बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मधेसमा नयाँ सरकार गठन गर्ने केन्द्रीय सहमति भएकाले सहमति पालना गर्नुको विकल्प नभएको बताए । ‘केन्द्रीय सहमति अनुसार मधेसमा नयाँ सरकार बन्छ । नयाँ सरकार बन्ने भएपछि हाल सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण