जापानी अर्बपति माएजावाले रद्द गरे चन्द्रमा घुम्न जाने मिसन
टोकियो । जापानी अर्बपति व्यापारी युसाकु माएजावाले चन्द्रमामा घुम्न जाने योजना रद्द गरेका छन् । माएजावा यो मिसनअन्तर्गत निजी क्षेत्रबाट चन्द्रमामा पुग्ने पहिलो व्यक्ति बन्दै थिए । शनिवार उनले ‘डियर मुन’ मिसन रद्द गर्ने घोषणा गरेका छन् । गएको वर्ष अन्त्यतिर नै छानिएका सदस्यहरूको नेतृत्व गर्दै माएजावा चन्द्रामामा घुम्न जाँदै थिए । तर सो योजना असम्भव बनेको विज्ञप्तिमा बताइएको छ ।
निकट भविष्यमा पनि सो मिसन कार्यान्वयन गर्ने मिति तय हुन नसकेपछि भारी मनले माएजावाले मिसन रद्द गर्ने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । परियोजनाको प्रगतिसम्बन्धी अनिश्चयका कारण रद्द गरिएको मिसनको वेबसाइटमा गरिएको छुट्टै पोस्टमा माएजावाले भनेका छन् । माएजावाले सन् २०२३ को अन्त्यसम्ममा चन्द्रामा घुम्न जाने लक्ष्यका साथ सो मिसनसम्बन्धी करार पत्रमा सन् २०१८ मा हस्ताक्षर गरेका थिए । तर स्टारशिप कहिले लन्च हुन्छ भन्ने अनिश्चय कायमै रहेको र यस्तो परिस्थितिमा भविष्यको योजना बनाउन नसकेकोले योजना रद्दै गर्ने कठिन निर्णय गरेको उनको भनाई छ ।
अमेरिकी खर्बपति व्यापार तथा अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका मालिक एलन मस्कले जापानी अनलाइन फेशन स्टोर जोजो इंकका संस्थापक माएजावालाई सन् २०१८ मा निजी क्षेत्रको आफ्नो पहिलो यात्री घोषित गरेको थियो । तीन वर्षपछि उनी एक दशकभन्दा बढी समयमा अन्तरिक्ष स्पेश स्टेशनमा पुग्ने निजी क्षेत्रका पहिलो यात्री बनेका थिए । सन् २०२२ मा माइजावाले के–पप स्टार टीओपी र डीजे स्टिभ आओकीसमेतको ८ जनालाई लिएर डियर मूल मिसनमा जाने योजना बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण