नेपाल फर्किए राजवल्लभ, यस्तो छ कारण
काठमाडौँ । अभिनेता राजवल्लभ कोइराला नेपाल आएका छन् । उनी फिल्म ‘एक्टर’ मा अभिनयका लागि आइतबार बिहान स्वदेश आइपुगेका हुन् ।
पहिलो चरणको छायांकन पोखरामा गरेको निर्माण युनिट दोस्रो चरणको छायांकन सोमबारदेखि सुरु हुँदैछ । राजवल्लभ यसैका लागि नेपाल आएका हुन् । उनी छिट्टै फिल्म युनिट ज्वाइन गर्ने बताइन्छ । उनी ९ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् ।
निर्माणपक्षले राजवल्लभको भूमिकाका बारेमा केही पनि खुलाएको छैन । तर, फिल्ममा उनी अभिनेत्री आना शर्माको पिताको भूमिकामा देखिने चर्चा छ ।
नेपाल आएपछि कोइरालाले फिल्मका कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीसँग भेट गरिसकेका छन् । आना र प्रदीपसँग भने राजवल्लभको पहिलो भेट हो ।
राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने फिल्मको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो फिल्ममा एनिस भुसाल सह–निर्माताको रूपमा छन् ।
फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यू गरेका उनी ‘हाइवे टू धम्पुस’मा काम गर्न अमेरिका पुगेपछि उतै हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण