जापानले लन्च गर्यो स्वाद बढाउने चम्चा
टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो ।
कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गथ्र्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुबै बनाउन काम गरिरहेका थिए ।
यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो । तर अहिले व्यवसायिक विक्रीका लागि कम्पनीले चम्चा मात्रै ल्याउन सकेको छ । यो चम्चाको नाम इलेक्स्पून दिइएको छ । यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ । अत्यधिक नुन खपत जापानमा धेरैको समस्या हो । त्यहाँका मानिसहरू कम नुन भएको खाना रुचाउँदैनन् । चाहिने भन्दा बढी नुन सेवनका कारण निम्तन सक्ने गम्भीर स्वास्थ्य समस्याहरू कम गर्न कम्पनीले यो चम्चा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण