मेक्सिकोमा क्लाउडिया शियनबम बनिन् पहिलो महिला राष्ट्रपति
मेक्सिको सिटी । मेक्सिकोले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन गरेको छ । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको छ ।
उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि अक्टोबर १ मा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् ।
राष्ट्रपतिको लागि उम्मेदवारी दिनु अघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिइन् । निर्वाचनका क्रममा स्थानीय उम्मेदवारहरूलाई लक्षित गरेर कयौँ आक्रमण भएका थिए । सरकारकाले बताएअनुसार देशभरमा निर्वाचनका क्रममा २० जनाको हत्या भएको छ । अन्य सर्वेक्षणहरूले भने यो सङ्ख्या ३७ रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण