लुम्बिनी प्रदेश सरकार विस्तार
बुटवल । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।
लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । चैत २३ गते महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँले राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण