शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको प्रश्न : प्रतिनिधि सभा कम्युनिस्ट पार्टीको ब्यारेक हो कि लोकतान्त्रिक संसद् ?

मङ्गलबार, २२ जेठ २०८१, १३ : २१
मङ्गलबार, २२ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रतिनिधि सभाको बैठक कम्युनिस्ट पार्टीको ब्यारेक हो कि संसद् हो भन्दै प्रश्न गरेकी छिन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेसले सहकारीको विषय छानबिन समितिको माग गर्दै शान्तिपूर्ण रूपमा बेल घेराउ गर्दा गरिएको व्यवहारले कम्युनिस्ट पार्टीको ब्यारेकको रूपमा देखिएको बताइन् । 

उनले भनिन, ‘हामीले बेल घेराउका क्रममा देखिएको दृश्यले दुनियाँ हाँसेको छ । यो संसद् लोकतान्त्रिक मुलुकको संसद् थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो । त्यो मैले बुझ्न सकिनँ ।’

उनले सहकारीको विषयमा छानबिन समिति गठन गर्न सफल भएको बताउँदै त्यसको कार्यविधि पनि आएको बताइन् । समितिले अर्को कार्यविधि बनाउने कुरा आएको बताउँदै उनले संसदले बनाएको कार्यविधि परिवर्तन गरे मान्य नहुने र त्यसको मूल्य चुकाउनुपर्ने उल्लेख गरिन् । 

सांसद कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस, यति, ओम्नी, गिरिबन्धु प्रकरणमा छानबिन गर्न समेत माग गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप