‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी
काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
नाट्टाको यही जेठ २५ गते हुन लागेको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिएका हुन् ।
दुई कार्यकाल टानको बोर्ड सदस्य भएर काम गरेका दाहाल कोलम्बस ट्राभल्सका सञ्चालकसमेत हुन् । ताप्लेजुङका दाहाल विगत तीन दशकदेखि ट्राभल, टुर र ट्रेकिङ पेशामा आबद्ध छन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । चितवनका थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालकसमेत हुन् ।
वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ ।
यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।
सदस्यमा दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण