‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’का लागि श्रीजल र सिकुम उडे मलेसिया
काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले गर्ने भएका छन् ।
कोटाकिना बालु सहरमा जुन ५(बुधबार)देखि ९सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन उनीहरू मङ्गलवार साँझ मलेसिया उडेका हुन् ।
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । प्रतियोगितामा ले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धन गर्नेछन् ।
प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाले नेपालमा पर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको विषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फैजुले जानकारी दिए । फैजु हौसलाका लागि आफै पनि सहभागी हुँदै छन् ।
यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स ईन्टरनेशनल २०२४झ विजेताहरू हुन्। प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण