रुसी राष्ट्रपति पुटिनले दिए ‘न्यूक्लियर वार’को धम्की
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएका छन् । जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि पुटिनले सो चेतावनी दिएका हुन् ।
अमेरिका समेत कयौँ देशले युक्रेनलाई रुसभित्र छिरेर हमला गर्न अनुमति दिएका थिए । यो कदमले गम्भीर समस्या निम्त्याउने चेतावनी सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा विदेशी पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पुटिनले दिएका हुन् ।
युद्धग्रस्त क्षेत्रलाई त्यस्ता हतियार दिएर हमला गर्न लगाउने अनि समस्या सृजना गर्न मिल्छ भनेर कसैले सोच्छ भने आफूहरूसँग पनि पश्चिमी देशका संवेदनशील स्थानमा आक्रमण गर्न अन्य देशलाई सोही खालको हतियार उपलब्ध गराउने अधिकार किन नहुने भन्दै पुटिनले प्रश्न गरेका थिए ।
यसको प्रतिकार फरक हुनसक्ने र यसबारे आफूहरूले सोच्ने पनि उनले बताए । मस्कोले कुन देशलाई हतियार दिन्छ भन्नेबारे भने उनले केही पनि बताएका छैनन् । मस्कोले परमाणु हतियार कहिले चलाउँदैन भनेर सोच्नु पश्चिमको गलत अनुमान हुने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण