जापानमा जन्मदर घटेर कीर्तिमानी न्यून बिन्दुमा
टोकियो । जापानमा जन्मदर घटेर नयाँ कीर्तिमानी न्यून बिन्दुमा ओर्लिएको छ । सरकारले युवा पुस्तालाई विवाह गर्न र परिवारको योजना बनाउन प्रोत्साहित गर्ने गरी अनेकौं उपायहरू अपनाइरहेको भएपनि जन्मदर झन् झन् घट्दै गएको छ । गएको वर्ष जापानमा ७ लाख २७ हजार २७७ शिशु जन्मिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
योसँगै प्रजनन दर अघिल्लो वर्षको १ दशमलव २६ बाट झरेर समीक्षा अवधिमा १ दशमलव २ मा आएको छ । जनसंख्या स्थिर रहन प्रजनन दर २ दशमलव १ हुनु पर्छ । योभन्दा धेरै भएमा जनसंख्या बढ्छ भने थोरै भएमा घट्न थाल्छ । सन् १९७३ मा विश्वव्यापी तेल संकटका कारण जापानसमेत कयौं अर्थतन्त्रहरु मन्दीमा फसे । त्यसपछि जापानमा प्रजनन दरमा सुधार आएन । आधा शताब्दीदेखि जापानमा प्रजनन दर २ दशमलव १ भन्दा तल नै रहेको छ ।
हालैका वर्षमा प्रजनन दर घट्ने क्रम झनै तीव्र बनेको छ । वर्षेनी जन्मिएका भन्दा मर्नेको संख्या धेरै रहँदा कूल जनसंख्या खुम्चिँदै गइरहेको छ । सन् २०२३ मा जापानमा १५ लाख ७० हजारको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको डेटाले देखाएको थियो । यो सो वर्ष जन्मिएका शिशुको भन्दा झन्डै दोब्बर थियो । दुःखको कुरा जापानमा विवाह गर्नेको संख्या घटिरहँदा सम्बन्ध विच्छेद गर्नेको संख्या भने बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण