जापानमा जन्मदर घटिरहँदा सरकारी डेटिङ एप सार्वजनिक
टोकियो । जापानको जन्मदर घटेर चिन्ता बढिरहँदा त्यहाँको एउटा सरकारले आफ्नै डेटिङ एप ल्याएको छ । राजधानी टोकियोमा स्थानीय अधिकारीहरूले सरकारी डेटिङ एप लन्च गरेका हुन् । यो एप अहिले शुरुआती परीक्षणको चरणमा रहेको समाचारमा जनाइएको छ । यो वर्षको उत्तरार्द्धदेखि यसलाई पूर्ण रूपमा चलाइने बताइएको छ ।
एपलाई बिहेका लागि बर बधूको खोज्ने पहिलो चरण बताउँदै एपको वेबसाइटमा यसलाई चलाउन अनुरोध गरिएको छ । एआईले नै सुहाउँदो जोडा खोजिदिने यो एप टोकियो महानगर सरकारले ल्याएको हो । पार्टनरमा आफूले खोजेको गुण र र चाहेको गुणबारे जानकारी दिन प्रयोगकर्ताहरूले एउटा ‘डाइग्नोष्टिक’ टेष्ट दिनु पर्नेछ । सोको आधारमा एआईले सुहाउँदो जोडी खोजिदिने बताइएको छ ।
यो एपले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको पनि ध्यान खिचेको छ । जापान सरकारले घट्दो जन्मदरको समस्या समाधान गर्नु पर्ने महत्वलाई बुझेकोमा माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)मा एउटा ट्विट गर्दै उनले सरकारको तर्फबाट यस्तो पहल भएकोमा खुसी व्यक्त गरेका थिए । नयाँ ढंगले सोचेर कदम नचालिएमा जापान लोप हुने चेतावनी मस्कले दिँदै आएका छन् ।
यो एप चलाउने प्रयोगकर्ता एकल, विवाह गर्ने इच्छा भएका १८ वर्ष माथिको व्यक्ति हुनु पर्नेछ । टोकियोमा काम गर्ने वा बस्नेले मात्रै यो एप चलाउन पाउनेछन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानमा गएको वर्ष जम्मा ७ लाख २७ हजार २७७ जना मात्रै जन्मिएका छन् । यो भनेको अहिलेसम्मकै थोरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण