लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबिच शिष्टाचार भेट
बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबिच शनिबार वीरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबिच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
उक्त अवसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए।शिष्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफूले लेखेको पुस्तक हस्तान्तरण गरेका छन् लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण