मित्रमिलन सहकारी ठगी : दुई जना फरार प्रतिवादी पक्राउ
आइतबार, २७ जेठ २०८१, २१ : ५७
कास्की । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी कसुरमा संलग्न रही फरार रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त संस्थाका पूर्व अध्यक्ष कास्की पोखरा महानगरपालिका-२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र संस्थाका गैह्र सदस्य २८ वर्षीय सुवास अधिकारी रहेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनीहरूलाई तनहुँ शुक्लागण्डकी नगरपालिका-१ कोत्रेबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण