राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड
आइतबार, २७ जेठ २०८१, २२ : ३१

काठमाडौँ । राप्रपा नेपालमा विभिन्न नेताहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम जिम्मेवारी बाँडफाँड गरेका हुन् ।
महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राका अनुसार उपाध्यक्ष त्रय दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमशः पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारी (गोरखा) लाई सचिवालयको सह-प्रमुख र राजकुमार खड्का (काठमाडौँ) लाई सहायक महामन्त्रीमा मनोनयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन