यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहन बाली उत्पादन
कैलाली। कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो ।
केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार पाँच सय २० मेट्रिकटन उत्पादन भएको बताए ।
गत वर्षको तुलनामा यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहनबाली उत्पादन भएको उनले बताए । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो । जिल्लामा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ र मसुरो (घुसुवा बाली) पाँच हजार ६० गरी कूल नौ हजार एक सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ । गत वर्ष नौ हजार एक सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो ।
कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार कैलालीमा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा पाँच हजार एक सय ४० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ६० हेक्टर क्षेत्रफलमा तीन हजार एक सय ८८ मेट्रिकटन गरी कूल आठ हजार तीन सय २६ मेट्रिकटन उत्पादन भएको छ ।
गत वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा तीन हजार आठ सय ८० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ५० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ७८ मेट्रिकटन गरी छ हजार सात सय ५८ मेट्रिकटन उत्पादन भएको थियो ।
यस वर्ष बोडी ९२, चना एक सय ३२ र केराउ दुई सय १६ गरी चार सय ४० हेक्टरमा दुई हजार दुई सय २७ मेट्रिकटन दलहन उत्पादन भएकोे छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण