शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
रास्वपा प्रथम महाधिवेशन

रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

शनिबार, ०६ असार २०८३, १९ : ५६
शनिबार, ०६ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ ।
  • सभापति पदका लागि ५१ हजार रुपैयाँ शुल्क, १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ ।
  • अन्य पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ, जसमा १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र कागजातबारे जानकारी दिएको हो । 

आयोगले सार्वजनिक गरेको विवरणअनुसार, सभापति पदका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ । 

त्यसैगरी, पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ । आयोगका अनुसार उम्मेदवारका प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्नेछ ।

उम्मेदवारीका लागि आवश्यक कागजातहरू

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि निम्न कागजातहरू अनिवार्य गरेको छ
१. भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम ।
२. उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर ।
३. आफूलाई कुनै अनुशासन कारबाही नपरेको स्वघोषणापत्र ।
४. पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि ।
५. २ प्रति पासपोर्ट साइजको फोटो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप