‘साहु बा’मा ३ सय बढी कलाकारको अभिनय
सोमबार, २८ जेठ २०८१, १५ : ३६
काठमाडौँ । प्रियंका कार्की, नम्रता श्रेष्ठ, सरिता गिरी, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारी लगायत ३८० भन्दा बढी कलाकार एउटै वेभसिरिजमा देखिने भएका छन् । यति धेरै कलाकार वेभसिरिज ‘साहु बा’मा देखिने भएका हुन् ।
सोमबार राजधानीमा एक कार्यक्रमका बिच वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सिरिजलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।
‘क्राइम एक्सन’ जनराको सिरिज २४ एपिसोडमा प्रसारण हुनेछ । सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको सिरिज साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट प्रसारण गर्ने तयारीमा आफू रहेको निर्माण पक्षले जानकारी दियो ।
‘साहु बा’ प्रेमकथा, विश्वासघात, र प्रतिशोधको सशक्त प्रस्तुति भएको निर्देशक योङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण