१० महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।
यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको बैंकले जनाएको छ ।
यसबाहेक नेपाल सरकारको खर्च रु.१०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको पनि बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा सामान्य सुधार, ८ अर्ब ७४ करोडको कारोबार
-
पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
-
डोपिङमा परेका रबाडालाई आईपीएल खेल्न अनुमति
-
बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
-
अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर