बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षभन्दा बढी समयको आयात धान्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको जानकारी दिएको छ । १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार २०८० असार मसान्तको तुलनामा २६.२ प्रतिशतले विदेशी विनिमयको सञ्चिति बढेको हो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो । जुन, २०८१ वैशाख मसान्तसम्मको अवधिमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो । यो ४ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो । जुन, २०८१ वैशाख मसान्तसम्ममा आइपुग्दा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालमा रहेको कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो ।
२०८१ वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २८ प्रतिशतले बढेर १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी विनियमको सञ्चिति थियो । २०८१ वैशाख मसान्तसम्ममा आइपुग्दा २ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो १३.८ प्रतिशतको वृद्धि हो ।
नेपालमा रहेको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्न सक्छ । यस्तै १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपात क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण