शोभा पाठक पक्राउ
सोमबार, २८ जेठ २०८१, १९ : ४९
काठमाडौँ । प्रहरीको साइबर ब्यूरोले शोभा पाठकलाई पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी ३१ वर्षीया पाठकलाई पुल्चोकबाट पक्राउ गरिएको ब्यूरोका एसपी दिपक राज अवस्थीले रातोपाटीलाई बताए ।
पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् । पाठकले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्याको जाहेरी दिएकी थिइन् ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन