ठुलो मात्रामा लागु औषधसहित बाराका युवक भारतमा पक्राउ
रौतहट । ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट सोमबार लागुऔषध सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका २५ वर्षीय ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेको प्रहरीले जनाएको छ। भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इन्जेक्सन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँ तर्फ जाने क्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको थियो।
घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा राजु यादव र उनको भाइ कञ्चन यादवको घरमा स्टक गरेर कलैया, निजगढ, हेटौँडादेखि काठमाडाैँसम्म पुर्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
ईरफान लाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। यसैबिच ईरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीया तर्फ जाँदै गरेका राजु यादवलाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले पुष्टि गरेका छन्।
लागुऔषध कारोवारी दुवैजना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण