एमाले काठमाडौँ अध्यक्षमा दोहोरिए दीपक निरौला
मङ्गलबार, २९ जेठ २०८१, २० : १३
काठमाडौँ । नेकपा एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला दोहोरिएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा निर्मल देउलालाई पराजित गर्दै निरौला निर्वाचित भएका हुन् । उनले ३ सय ७० मत प्राप्त गरेका छन् ।
देउलाले १ सय ९१ मत पाएका थिए । निरौला निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २ सय ६४ र पराजुलीले १ सय ७४ मत पाएका छन् ।
सचिवमा राजेश शाक्य ३ सय ७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १ सय ९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण