यू–१९ सुदूरपश्चिम छनोटः कञ्चनपुरको लगातार दोस्रो जित
बैतडी । यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर विजयी भएको छ ।
कञ्चनपुरले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायो । यसअघि पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेको थियो । जितका लागि पाएको १२६ रनको लक्ष्य पछ्याएको अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अछामको पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे । म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश थापाले ३ विकेट लिए ।
यसअघि परशुराम रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए । अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २÷२ विकेट हात पारे । यो जितसँगै कञ्चनपुर ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । अछाम भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि कैलाली र बझाङ भिड्न छन् ।
समूह ‘बी’ बाट शीर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी लिग चरणका सबै खेल जितेर फाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण