टेन हाग नै युनाइटेडको म्यानेजर कायम रहने
बुधबार, ३० जेठ २०८१, ०९ : ३९
ओल्ड ट्राफोर्ड । एरिक टेन हाग नै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको म्यानेजर कायम रहने भएका छन् । क्लबको बोर्डले गरेको सिजनको मूल्याङ्कनपछि टेन हागलाई निरन्तरता दिने निर्णय गरेको हो ।
एफए कपको फाइनलपछि नै क्लबले उनको मूल्याङ्कन सुरु गरेको थियो । वेम्बलेमा भएको म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलपछि जे नतिजा आएपनि टेन हाग बर्खास्तीमा पर्ने आङ्कलन गरिएको थियो ।
तर, खेलमा युनाइटेड २–१ गोलले विजयी भएपछि बोर्ड उनीप्रति सकारात्मक बनेको बताइएको छ । अब क्लबले ५४ वर्षीय डच म्यानेजरसँगको करार सम्झौता नवीकरणका लागि छलफल सुरु गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण