जनताका आधारभूत समस्या समाधान नगरे समृद्धि आउँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरू समाधान गर्नतर्फ लाग्नुपर्ने बताएकी छन् ।
काठमाडौँमा बिहीबार आयोजित ‘२१औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताइन ।
‘यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौँ भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रूपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ । आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन । हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरू छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’
मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके परनिर्भर हुनु नपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरू जनता र सरकारबिचको पुल बन्नुपर्ने बताइन् ।
सबैले आफूलाई विना बर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ । हामी विना बर्दीका राष्ट्रका पहरेदार हौँ भन्ने कुरा सम्झिनुपर्यो । मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्यो नि होइन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार