जनकपुरमा शेखरको आग्रह– कांग्रेस छाडेकाहरू फर्किदिनुस्
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेस प्रदेशमा पार्टी छाडेका फर्किन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले पार्टीका निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा फर्किन आग्रह गरेका हुन् ।
‘रुष्ट भएर बाहिर बस्नु भएको छ या निष्क्रिय हुनु भएको छ या अन्य पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु– नेपाली कांग्रेसमा फर्किनुहोस्,’ उनले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउनुहोस् । लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको हात मजबुद बनाएर अगाडि बढ्नुपर्छ ।’
कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा उनको भनाइ थियो ।
अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।
‘यो चुनाव प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन । बहुमत नआउँदा ३२ सिट ल्याएको माओवादीको अहिले सरकार छ । त्यसमा एमालेसहितका दलहरू सहभागी छन् । देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक छ,’ उनले भने ।
नेता कोइराला शुक्रबार र शनिबार धनुषामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण