८ बुँदे प्रस्ताव पारित गर्दै सकियो राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक
शुक्रबार, ३२ जेठ २०८१, १८ : १४

काठमाडौँ । ८ बुँदे प्रस्ताव पारित गर्दै राप्रपा नेपालको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकले विभिन्न ८ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार सकिएको हो ।
बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
यस्तै बैठकले महामन्त्री राजाराम बर्तौलाले पेस गरेको ‘संगठन र सचिवालयको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले पेस गरेको आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा। विष्णु भण्डारीले पेस गरेको ‘कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी वैकल्पिक मोडेल’ तथा सुशासन विभाग प्रमुख राजन चौँलागाईले पेस गरेको ‘भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’को अवधारणा पत्र परिमार्जनसहित पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण
-
नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
-
नेपाल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त
-
कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !