राष्ट्रिय परिचयपत्रसँग ड्राइभिङ लाइसेन्स कसरी लिङ्क हुन्छ ?

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको विवरण लिङ्क गरेर ट्राफिक चेकजाँच र जरिवाना गर्नेगरी प्रणाली विकास गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सो प्रणाली ‘गेम चेन्जिङ प्रोजेक्ट’को रूपमा रहेको बताए ।
ड्राइभिङ लाइसेन्स युजर आफैँले यातायात व्यवस्था विभागको पोर्टमा गएर डाटाबेसमा राष्ट्रिय परिचयपत्र अपडेट गराउन सक्छन् । त्यसपछि सवारी चालकले एनआईडी मात्रै बोकेर हिँड्न सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय र परिचयपत्र हेरेर ट्राफिक प्रहरीले फोटो भेरिफाइ गरेपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्युआर स्क्यान गर्दा चालकको विस्तृत विवरण आउँछ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना प्रविधिबारे जानकार एक अधिकृतले भने,‘स्क्यान गर्दा लाइसेन्सको विवरण रिट्रयाप गरेर देखाउँछ ।’
परिचयपत्र नहुँदा पनि नेशनल आइडी नम्बरको आधारमा ट्राफिक प्रहरीसँग भएको एपमा टाइप गरेपछि विवरण देखिन्छ । ट्राफिक प्रहरी एपमा नै कारबाहीको विवरण राख्न सकिने गरी प्रणाली विकास गरिएको छ । प्रहरीसँग भएको एपमा राष्ट्रिय परिचयत्रलाई लिङ्क गर्नेगरी प्रणाली विकास गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मोबाइल एपमै पनि कारबाहीको विवरण इन्ट्री गर्न मिल्छ भने तत्काल जरिवाना पनि तिर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ
-
यसरी पक्राउ परे कमल थापासहितका राजावादी, तस्बिरमा हेर्नुहोस्
-
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ