मन्त्रिपरिषद्बाट बागमतीको बजेट स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृति दिइएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृत गरेको हो ।
आजको प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय व्ययसहितको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले बताए ।
मन्त्रिपरिषद्को बैठक सकिएपछि केहीबेरमा बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उक्त बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालु आवकै हाराहारीमा ल्याउने बुझिएको छ । यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष