टी-२० विश्वकप
भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द
शनिबार, ०१ असार २०८१, २१ : ३७
फ्लोरिडा । टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरे।
वर्षाका कारण यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो । फ्लोरिडामा वर्षाका कारण आजको खेलको टस समेत हुन सकेन ।
फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ । सन् २००७ मा भारत-स्कटल्यान्डको खेल पनि रद्द भएको थियो।
पाकिस्तान र आयरल्याण्डबिच समूह ए को अन्तिम खेल आइतबार फ्लोरिडाको यही मैदानमा हुनेछ । तर, दुवै टोली सुपर–८ को दौडबाट बाहिरिसकेका छन् । यस्तो अवस्थामा यो खेल औपचारिकता मात्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण