बाँदरले खायाे ३५ लाखको चिनी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा एक हजार एक सय क्विन्टल चिनी घोटाला भएको विषय सार्वजनिक भयो ।
करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ । सो चिनी मिल २६ महिनादेखि बन्द थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ ।
३० दिनमा करिब ३५ लाख मूल्य पर्ने चिनी बाँदरले खाएको भनेर चिनी मिलले हिसाबमा देखाएको छ । मिलको बही खाताको अडिट रिपोर्टले यो घटना बाहिर ल्याएको हो । यस घटनामा चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको छ ।
जाँचपछि यस मामिलामा गोदामका मुख्य किपरसमेत २ जनामाथि जवां थानामा उजुरी दायर गरिएको छ । सो चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले बताएका छन् ।
तर अडिट रिपोर्टमा १ हजार १०० क्विन्टल चिनी कम देखाइएको छ । यी चिनी सबै बाँदरले खाएको भनेर उल्लेख गरिएको छ । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको छ ।
सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खान नसक्ने उनीहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री