बाँदरले खायाे ३५ लाखको चिनी
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा एक हजार एक सय क्विन्टल चिनी घोटाला भएको विषय सार्वजनिक भयो ।
करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ । सो चिनी मिल २६ महिनादेखि बन्द थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ ।
३० दिनमा करिब ३५ लाख मूल्य पर्ने चिनी बाँदरले खाएको भनेर चिनी मिलले हिसाबमा देखाएको छ । मिलको बही खाताको अडिट रिपोर्टले यो घटना बाहिर ल्याएको हो । यस घटनामा चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको छ ।
जाँचपछि यस मामिलामा गोदामका मुख्य किपरसमेत २ जनामाथि जवां थानामा उजुरी दायर गरिएको छ । सो चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले बताएका छन् ।
तर अडिट रिपोर्टमा १ हजार १०० क्विन्टल चिनी कम देखाइएको छ । यी चिनी सबै बाँदरले खाएको भनेर उल्लेख गरिएको छ । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको छ ।
सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खान नसक्ने उनीहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण