देशभरका २९१ जना शिक्षक काजमा, ५९ जनालाई स्पष्टीकरण

काठमाडौँ । देशभरका २९१ जना शिक्षकहरू काजमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशभरका २९१ जना शिक्षकहरू काजमा खटिएको बताइन् ।
तीमध्ये ५४ जना शिक्षकको काज फिर्ता भएर आफ्नो दरबन्दी कायम रहेको विद्यालयमा गइसकेको मन्त्री श्रेष्ठले बताइन् । त्यस्तै काजमा खटिएका ५९ जना शिक्षकहरूलाई स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।
शिक्षा मन्त्रालयले दरबन्दी कायम रहेको विद्यालयमा नभई काजमा खटिएका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको थियो । गम्भीर प्रकृतिको रोग लागेका बाहेकका शिक्षकहरूको काज फिर्ता गरेको थियो । त्यसको जानकारी शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत शिक्षा शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको थियो । त्यसको विवरण पठाउन भनेको थियो । काजमा गएका शिक्षकहरूको एकीकृत तथ्याङ्क बनाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा