प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।
कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव