करेन्ट लागेर तीन जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यसैगरी सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा पनि विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मंगलबार बेलुकी मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएकव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण