सैनिक अदालतले सुनायो महासेनानी मल्ललाई बर्खास्त गर्ने फैसला, सरकारी सेवामा योग्य हुने
काठमाडौँ । सैनिक अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई आगामी दिन सरकारी सेवामा योग्य रहेन गरी बर्खास्त गर्ने फैसला सुनाएको छ ।
जन्म मिति विवादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने तर भविष्यमा सेना बाहेक अन्य कुनै सरकारी नियुक्तिमा जान पाउने बाटो भने खुल्लै राखेर फैसला सुनाएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मंगलबारदेखि सेवाबाट अलग गर्ने फैसला सुनाएको बताए ।
मल्लका शैक्षिक प्रमाणपत्र र नागरिकतामा अलग–अलग जन्म मिति भेटिएपछि विवादमा परेका थिए । उक्त उजुरी सेनाको अदालतमा परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो ।
प्रारम्भिक छानबिनका क्रममा कैफियत भेटिएपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो ।
अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण