नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान छ: सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठुलो योगदान रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्न सक्ने बताए ।
उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेस भित्र महिलाहरुमा अन्तर्घातको रोग रहेको जिकिर गर्दै उनले पार्टीमा अन्तर्घातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे । उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उनी जस्तै योग्य बन्न आग्रह गरे ।
निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली कांग्रेसले उठाएका उम्मेदवारहरू चुनावमा पराजय हुने भएकाले पराजय हुने कुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न उनले आग्रह गरे । सभापति देउवाले महिला सशक्तीकरणको अभियानलाई अघि बढाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण