लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल
बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । प्रदेश सभाको १४ औँ बैठकमा आज दिउसो १ बजे आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्यायको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बैठकमा बजेटमाथि छलफल सुरु हुने बताए । यस्तै आजको बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ सभामा पेस गर्ने कार्यसूची रहेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि असार १ गते ३८ अर्ब ९७ करोड ९५ लाख रुपियाँ बजेट छुटाएको थियो।
यसमध्ये चालूतर्फ ११ अर्ब २५ करोड अर्थात २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड अर्थात् ६३ प्रतिशत छुट्याइएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड अर्थात् ८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थ मन्त्री आचार्यले प्रदेशसभा जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण