बजेटमा प्रधानमन्त्री नै असन्तुष्ट : ‘मेरो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक लिनुभएन’
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताए ।
उनले भने, ‘बजेट तर्जुमा प्रणालीमा विद्यमान कमीकमजोरीमा निरन्तर सुधारका लागि पनि सरकार कटिबद्ध छ । चाहे जस्तो अझै हुन सकेन, यसका निम्ति हामी सबैले प्रयास गर्नुपर्ने हुन्छ । माननीय मन्त्रीजीहरूले पनि योजना कार्यान्वयन गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो, तर भन्दा भन्दैपनि साना आयोजना राखिएको छ, भोली तपाईंहरुपनि मन्त्री, प्रधानमन्त्री हुनुहोला । त्यसकारण यो विषय परिमार्जन आवश्यक छ ।’
प्रधानमन्त्रीले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए । उनले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरू संघले कार्यान्वयन नगर्ने भन्दै प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण