फिल्म ‘आचार्य’ को प्रिमियर
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आचार्य’ को काठमाडौँमा प्रिमियर गरिएको छ । बुधवार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा राजनीतिक दलका नेता, फिल्मकर्मी र रंग पत्रकारको सहभागिता थियो । प्रिमियरमा फिल्म हेर्ने अधिकांशले स्वर्गीय गायक भक्तराज आचार्यको जीवन कथाले भावुक बनाएको प्रतिक्रिया दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, वरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटा, चेतन सापकोटा, गायकहरू ओमबिक्रम बिष्ट, यम बराल, नविन के भट्टराई, धिरज राई, शिव मुखिया, गायिकाहरू मिरा राणा, आनी छोइङ डोल्मा, निशा देशार, प्राश्ना शाक्य, कलाकार सुनिल थापा , कवि विप्लव प्रतीक, भूपेन्द्र खड्का लगायतको उपस्थिति थियो ।
फिल्म हेरेपछि अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । १३ वर्ष अघि नै निर्माण भएर पनि प्रदर्शनमा आएको फिल्म स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले शुक्रबारबाट फेरि प्रदर्शनमा आउँदैछ । सिल्क रोड पिक्चर्सले फिल्मको पुनः प्रदर्शन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ ।
फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण