कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।
संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए । उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।
बैठकलाई सम्बोधन गर्दै चौधरीले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्वीकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्याएको दाबी गरेका थिए । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल सुरु भएको थियो । हिजो अधिकांश सांसदहरूले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण