४ जना मृतावस्थामा फेला
शनिबार, ०८ असार २०८१, १६ : ४६
काठमाडौं । विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नुवाकोटको तार्केश्वर गाउँपालिका-२ बस्ने ४० वर्षीय चन्द्रमान चित्रकार ढोरबेसीस्थित त्रिशुली नदी नजिक भिरको खोँचमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सुनसरीको दुहबी नगरपालिका-७ भलुवाको खेल मैदानको छेउमा सोही ठाउँ बस्ने ६० वर्षीय राजेन्द्र पासवान पनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका-१४ जतुवास्थित सिङग्या खोलाको किनारमा पनि अन्दाजी ३० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरूष र मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण