पदक विजेता खेलाडीहरूलाई बैंक खातामार्फत पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा गरेपनि अझै दिन नसकेको भन्दै आलोचना भइरहेका बेला उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताएकी हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको पनि स्पष्ट पारे । उनले एसियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरूका लागि ६ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले युवाहरूलाई कुलतमा लाग्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण