मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक

मङ्गलबार, ०५ साउन २०८३, ०८ : ४३
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • फिल्म 'चमेलीको पोइ' को शीर्ष गीत 'ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..' सार्वजनिक भएको छ ।
  • गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द र राजनराजको सङ्गीत रहेको छ ।
  • यस फिल्मबाट हाँस्य अभिनेता नारायण त्रिपाठीले करिब डेढ दशकपछि पुनरागमन गरेका छन् ।

काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत-ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..सार्वजनिक गरिएको छ । साेमबार राजधानीमा एक कार्यक्रम  गर्दै सार्वजनिक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर,निर्देशक बोहराको शब्द र राजनराजको सङ्गीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी,सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् ।

लोकआधुनीक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू विश्वस्त भएको गायक तथा सङ्गीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ सङ्गीत सृजना गर्नका लागि केही समय आफूले ‘विश्राम’ लिएको तर अब पुनः सङ्गीतमा सक्रिय भइसकेको बताए । 

अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफूले निकै आशा राखेको बताउँदै फिल्म उत्कृष्ट बनेको उल्लेख गरिन् । यसअघि निर्देशक बोहरासँग ‘भैरे’ मा काम गरेको स्मरण गर्दै ‘चमेलीको पोइ’ को जनरा आफूले निकै कम पाएको बताइन् । ‘यसप्रकारको कमेडी तथा रियलबेसको फिल्म मेरो निकै थोरै छन्,’ उनले भनिन्,‘शीर्ष भूमिकामा रहेकाले पनि म निकै उत्साहित छु ।’ 

अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए । ‘सुरक्षाजीसँग काम गर्ने ठुलो इच्छा थियो,केही निर्देशकले अफर गरेको भए तापनि जुरेको थिएन,यो फिल्ममा जुर्यो । निकै आशा लागेको छ ।’ यसअघि थुपै हिट गीत लेखेका निर्देशक बोहरा ‘ओइ ओइ चमेली’ लाई आम दर्शकले आफ्नो ‘ठूली’ फिल्मको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ झै मन पराउने बिश्वास ब्यक्त गरेका छन् ।

फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बविन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् । 

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन भने निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् । 

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप