वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ
आइतबार, ०९ असार २०८१, २१ : ०५
काठमाडौँ । रसुवाको गोसाईकुण्ड नगरपालिका वडा नम्बर–२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी केशव भट्टराईले रातोपाटीलाई बताए ।
वडा सचिवले वडा अध्यक्ष ५३ वर्षीय कामी छिरिङ तामाङको हस्ताक्षर किर्ते गरेको आरोप छ । वडा अध्यक्षको अनुपस्थितिमा उनको मन्जुरी बेगर आफ्नो नाममा टिमुरेमा रहेको जग्गाको घरबाटो सिफारिसमा उनी आफैँले अध्यक्षको हस्ताक्षर गरेका हुन् ।
उनीविरुद्ध किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण