तुलसीपुरले ल्यायो दुई अर्ब सात करोड बराबरको बजेट
सोमबार, १० असार २०८१, १५ : ५८

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यसबर्ष दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ ।
उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक बर्ष २०८१/०८२ का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँया बराबरको बजेट सार्वजनिक गरिन् ।
उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशुतर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ ।
पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ ।
त्यसैगरी स्वास्थ्य तर्फ नौ करोड ५९ लाख ४० हजार,कृषि तर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शिर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेकाे आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल
-
गगन थापा : विश्वास, विवाद र सुधारको समीक्षा
-
‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात र आत्मसम्मान फर्काउने दाउमा रहेको चेन्नई आपसमा भिड्दै
-
सांगीतिक कार्यक्रमसहित नेपालगञ्जमा पल्सर एन१२५ लन्च हुँदै
-
चिनियाँ लडाकु विमान र युद्धपोतहरू आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानी आरोप
-
'डजमा लागेर मस्कले टेस्लालाई बरबाद पारे'