बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तुलसीपुरले ल्यायो दुई अर्ब सात करोड बराबरको बजेट

सोमबार, १० असार २०८१, १५ : ५८
सोमबार, १० असार २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यसबर्ष दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ । 

उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक बर्ष २०८१/०८२ का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँया बराबरको बजेट सार्वजनिक गरिन् । 

उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट  पशुतर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ । 

पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ ।

 त्यसैगरी स्वास्थ्य तर्फ नौ करोड ५९ लाख ४० हजार,कृषि तर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शिर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप