कोशीको मुद्दा हेर्दाहेर्दैमा, भोलि जवाफी बहस
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ।
त्यस्तै सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो । सोमबारको बहसपछि मंगलवार जवाफ दिन करिब एक घण्टा समय चाहिने माग रिट निवेदकहरूले गरेपछि हेर्दाहेर्दैमा राखिएको हो । भोलि मुख्यमन्त्रीका तर्फबाट एक जनाले मात्र बहस गर्ने अनि जवाफ दिने इजलासबाट निर्देशन भएको एक अधिवक्ताले बताए ।
सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी ,अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावल लगायतले बहस गरेका थिए । भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।
जवाफी बहसका लागि वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की लगायतले तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएको आफूलाई हटाउन नमिल्ने अवस्थामा हटाएर नयाँ सरकार गठन गरेको दाबी गर्दै उक्त निर्णय बदर माग गरेर उनले रिट दायर गरेका थिए ।
उक्त रिटमा भोलि फैसला गर्दै कोशीमा कसको सरकार बन्ने निर्धारण गर्नेछ। सर्वोच्चले भोलि हिक्मत कार्कीलाई मुख्यमन्त्री सदर गर्ने कि बदर गर्नेबारे निर्णय दिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण