पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो ।
पोखराले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ ।
पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख दिने छ ।
स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान रहेको गुरुङले बताइन् ।
५० लाखमाथिका योजना ठेक्काबाट
आगामी वर्ष पोखराले ५० लाखभन्दा बढीको योजनामा अनिवार्य प्रतिस्पर्धात्मक खरिद विधिबाट सञ्चालन गर्ने, बेरुजु फर्सौट नभएका उपभोक्ता समितिलाई नयाँ योजनाको समितिमा नराख्ने, योजनाहरूमा चैत मसान्तसम्म सम्झौता वा ठेक्का लगाएर जेठ मसान्तभित्र काम सक्नुपर्ने नीति लिएको छ । यस्तै, पुँजीगत तर्फको बजेट चालुमा रकमान्तर नगर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण