रुपन्देहीको मायादेवी र रोहिणीको बजेट अनिश्चित
मङ्गलबार, ११ असार २०८१, ०९ : २५
बुटवल । रुपन्देही जिल्लाको १६ स्थानीय तह मध्ये १४ पालिकाले बजेट ल्याउँदा रोहिणी गाउँपालिका र मायादेवी गाउँपालिकाको भने गाउँ सभा नै बस्न सकेन ।
असार १० गते सम्म नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउनु पर्ने नियम भए पनि आन्तरिक असमझदारीले यी पालिकाले नीति तथा कार्यक्रम र बजेट नै ल्याउन नसकेका हुन् । रुपन्देही रोहिणीको त अघिल्लो वर्ष पनि ढिला गरी बजेट आएको थियो । दुवै पालिकाको गाउँ सभा बस्नेबारे अझै टुङ्गो छैन ।
मायादेवीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले आन्तरिक असमझदारीले बजेट ल्याउन नसकेको जनाए । ‘जनप्रतिनिधिबिच केही कुरामा सहमति हुन सकेको छैन । सहमति भयो भने बजेट ल्याउँछौँ’, उनले भने रोहिणी पन यस्तै टुङ्गो नभएको एक जनप्रतिनिधि रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण